सोलुखुम्बु:नेपाली काँग्रेसको भाृत संगठन नेपाल विद्यार्थी संघ लिखुपिके गाउँपालिका समितिले पुर्णता पाएको छ । सोमबार विपी कोईरालाको १११ औँ जन्मजयन्ति अवसरमा आयोजना गरिएको कार्यक्रममा समितिलाई पुर्णता दिईएको हो । सभापति रमेश जंग बस्नेत( रोशन) को अध्यक्षतामा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रमले समितिलाई पुर्णता दिएको हो । समितिको सचिवमा कुमार बस्नेत लगायत रहेका छन् । यो समिति ११ सदस्यीय रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथी पुर्व पार्टि सभापति विनोद बस्नेत, विशिष्ट अतिथीहरु लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, पार्टि सचिव भलाकाजी कुलुङ, केन्दिय महाधिवेशन प्रतिनिधि लोकेन्द्र जंग बस्नेत, लिखुपिके गाउँपालिका उपाध्यक्ष ङवाङ ल्हक्पा शेर्पा, लिखुपिके गाउँपालिका पार्टि उपसभापति नारायण बहादुर बस्नेत, दलित संघ अध्यक्ष पर्शुराम नेपाली, लिखुपिके वडा नम्बर २ पार्टि सभापति मेखबहादुर बस्नेत, भु.पु सैनिक संघका अध्यक्ष रामचन्द्र बस्नेत, युवा उत्तम खड्का, प्रकाश बस्नेत, मिलन केसी, नेविसंघका तदर्थ समितिका संयोजक विभुषण राइ, लिखुपिके वडा लगायतको उपस्थिती रहेको सभापती बस्नेतले सिधा प्रेसलाई जानाकारी दिए ।





