रामेछाप:२०८१ काे आगमन सँगै उमाकुण्ड ७ मा अन्तरगाउँपालिका महिला भलिबल प्रतियोगिता हुनेभएको छ । वडा कार्यालय उमाकुण्ड ७ काे प्रायाेजन तथा वडा खेलकुद विकास समिति उमाकुण्ड-७ भुजीकाे आयाेजनामा सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको चैत्र २६ गते बेलुकी ५ बजेसम्म टिम दर्ता खुला गरिएको छ भने चैत्र २७ गते बेलुकी ५ बजे प्रतियोगिताको टाइसिट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता चैत २८ गतेदेखि ३० गतेसम्म हुने आयोजकले जनाएको छ । यस्तै, खेल १२ टिम सम्म भएमा लिगकम नकआउट र साे भन्दा माथि भएमा नकआउट चरणमा हुनेछ ।





