सृजना बि.क.रामेछाप:जट्टेश्वरी माविकाे ४७ ओै वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएकाे छ । रामेछाप जिल्ला गाेकुलगंगा गाउँपालिका वडा नं १ गर्जाङ्गस्थित जट्टेश्वरी माविकाे शुक्रबार ४७ ओै वार्षिक उत्सव तथा अभिभावक भेला विविध कार्यक्रम सहित सम्पन्न भएकाे हाे । २०३३ सालमा स्थापना भएकाे जट्टेश्वरी माविकाे वार्षिक उत्सव कार्यक्रम गाेकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काकाे प्रमुख आतिथ्यताका सम्पन्न भएकाे बताईएकाे छ । कार्यक्रममा गाउँपालिका प्रमुख, उपप्रमुख उषादेवि खड्का, वडा नं १ का वडा अध्यक्ष छत्र बहादुर बस्नेत, वडा सदस्य सहित विभिन्न विधालयका प्र.अ,विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु तथा अभिभावककाे उपस्थित रहेकाे थियाे । कक्षा नर्सरी देखि १२ सम्म गत वर्षकाे वार्षिक नतिजामा उत्कृष्ट, प्रथम, द्वितिय, तृतीय हुने छात्रछात्रालाई पुरस्कृत समेत वितरण गरी विविध सास्कृतिक कार्यक्रमका साथ कार्यक्रम सम्पन्न भएकाे हाे।

यसैबिच कार्यक्रमकाे पुर्वसन्ध्यामा कक्षा १-३ मा गतिमापन कार्यक्रम, कक्षा ४-५ मा हिसाब दाैड, कक्षा ६-८ मा हाजिरी जवाफ र कक्षा ९ -१२ मा वतृत्वकला सञ्चालन गरियकाे थियाे । उत्त कार्यक्रमकाे पुरस्कार पनि शुक्रबार नै वितरण गरिएकाे छ ।
यसैबिच कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष काजि बहादुर खड्काले भाेलि देश बनाउने बालबालिका नै हुन भन्दै गुणस्तरिय शिक्षा दिनुपर्नेमा जाेड दिनुभयाे । उहाँले बालबालिकालाई गुणस्तरिय शिक्षा दिन घर बिधालय र समाज तिनै पक्षकाे भुमिका हुने बताउँदै शिक्षक, अभिभावक समाज सबैले भुमिका खेल्नुपर्ने विचार व्यत्त गर्नुभयाे ।
त्यस्तै उपाध्यक्ष उषादेबी कार्कीले गाउँपालिकाकाे शैक्षिक विकासमा सदैव लागि पर्ने प्रतिबद्वता जनाउनुभयाे ।




















Discussion about this post