सोलुखुम्बुबाट सत्तारुढ प्रतिनिधि सदस्य पदका उम्मेदवार बलबहादुर केसीलाई लिखुपिकेमा ५५ केजीको मालाले गरे कार्यकर्ताले स्वागत

सोलुखुम्बुबाट सत्तारुढ प्रतिनिधि सदस्य पदका उम्मेदवार बलबहादुर केसीलाई लिखुपिकेमा ५५ केजीको मालाले गरे कार्यकर्ताले स्वागत

सोलुखुम्बु:सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका बलबहादुर केसीलाई नेपाली काँग्रेसका युवा नेता तथा तरुण दल लिखुपिकेका युवाहरुले ५५ केजीको मालाले स्वागत गरेका छन । चुनाबी सभाको क्रममा लिखुपिकेमा पुगेका गठबन्धन काग्रेसका प्रतिनिधि उम्मेदवार केसीलाई जितको शुभकामनाको निम्ति उक्त माला लगाइएको काँग्रेस युवा नेता सरोज बस्नेतले बताए ।
चुनावी कार्यक्रममा मतदातालाई उम्मेदवार केसीले जिताउनुस बिकासले हराबरा बनाउने आश्वसन समेत ब्यक्त गरेका छन । त्यस्तै आफुलाई जिताएमा पुरस्कार स्वरुप लिखुपिकेलाई १० करोड रकम दिने समेत बताएका छन । चुनाबी सभालाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट प्रदेश सभा ख का उम्मेदवार शिब बहादुर बस्नेत(राजेन्द्र) ले गठबन्धनलाई जिताएमा बिकासले फड्को मार्ने बताउँदै अझै पनि लिखुपिकेका नागारिकहरुले बिकासको महसुस गर्न नसकेको कुरा ओैल्याउँदै जिताउँनुस शासक हैन सेवक बन्ने बताए । साथै आफु निर्बाचित भएमा नयाँ भिजन अनुसार काम गर्ने बताए । कार्यक्रममा निबर्तमान सांसद हेम कुमार राई , समानुपातिक उम्मेदवार डोल्मा तामाङ, लगायत सयुक्त गठबन्धनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । निर्वाचन आचारसंहितामा भोजभतेर गर्न नपाउने भएपनि भोज भतेर समेत गरेको देखिन्थ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित