खिजीदेम्बासीमा खुसिको खबर ,निःशुल्क आँखा शिविरमा,शल्यक्रिया अब सबैखाले आँखासम्बन्धी समस्या समाधान गाउँपालिकाबाटै हुने

खिजीदेम्बासीमा खुसिको खबर ,निःशुल्क आँखा शिविरमा,शल्यक्रिया अब सबैखाले आँखासम्बन्धी समस्या समाधान गाउँपालिकाबाटै हुने

ओखलढुंगा :ग्रामीण आँखा क्लिनिक (केन्द्र)खिजीदेम्बामा गाउँपालिकामा निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको निःशुल्क सल्यक्रिया भएको छ । शिविरमा आँखाको उपचारका साथमा शल्यक्रिया गराउनु हुने महिलाहरुका लागि यातायात खर्च बापत नगद, चस्मा र औषधी समेत निःशुल्क वितरण गरिएको खिजिदेम्बा गाउँपालिकाकाले जनाएको छ ।

खिजिदेम्बामा अब आँखाको सबै खाले उपचार गाउँपालिकामै न्यूनतम् शुल्कमा हुनेे खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले बताए ।
खिजीदेम्बा गाउँपालिकाको वडा न. ५ मा रहेको खिजिफलाटे आधारभूत अस्पताल, ग्रामिण आखा क्लिनिक (प्राथमिक आखा अस्पताल)को रुपमा सुचारु भएको छ । आँखा सेवालाई प्रविधिकको माध्यमबाट आखा जाँच गर्ने उपकरण उपलब्ध समाजसेवि आङ पासाङ शेर्पाले जनाएका छन ।

तिलगंगा आँखा प्रतिष्ठानका डाक्टरसहितको टीम, ओखलढुंगा सामुदायिक आँखा केन्द्रका अधिकृत, गाउँपालिका स्वास्थ्य शाखा र अन्तरगतका स्वास्थ्यकर्मि, सुरक्षाकर्मि, संघसंस्थाका प्रतिनिधि, शिक्षक,अभिभावक पत्रकार लगायतमा खिजिदेम्बा गाउँपालिका परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दै खिजिदेम्बाको बिकास सबैजनाको सहय‍ोगको खाँचो रहेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित