काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित हिमगंगा माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको संस्था ‘हिमगंगा पूर्व विद्यार्थी समाज नेपाल’ को तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ।
२०८० साल भदौ ३ गते विधिवत् गठन भएको समाजको अधिवेशन काठमाडौंको अनामनगरस्थित नेशनल प्रेस क्लबको सभाहलमा सम्पन्न भएको हो।
समाजका अध्यक्ष भरत बस्नेतको सभापतित्व तथा सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशसिंह कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य रिना उप्रेती, कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य डोल्मा तामाङ र लिखुपिके गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेत विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
त्यस्तै लिखुपिके गाउँपालिका वडा नं. २ का अध्यक्ष मणिराज बस्नेत, वडा नं. ३ का अध्यक्ष ध्रुवबहादुर बस्नेत, वडा नं. ४ का अध्यक्ष हिक्मतबहादुर बस्नेत, हिमगंगा माविका सल्लाहकार समिति सदस्य तथा नागरिक दैनिकका पत्रकार टपेन्द्र कार्की, सल्लाहकार समिति सदस्य आशिष खड्का, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणबहादुर बस्नेत, प्रधानाध्यापक हेमबहादुर बस्नेत, सहायक प्रधानाध्यापक पुण्य केसीलगायत पूर्व विद्यार्थी तथा अग्रज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा २०८१ र २०८२ सालमा माध्यमिक शिक्षा परीक्षा (SEE) तथा कक्षा १२ उत्तीर्ण गरी हाल काठमाडौंमा रहेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरिएको थियो।
अधिवेशनको बन्दसत्रबाट भरत बस्नेतको अध्यक्षतामा विधानबमोजिम १३ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमितिले हिमगंगा माध्यमिक विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा सहयोग पुर्याउँदै सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई एकताबद्ध गर्ने र समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।





