लिखुपिके–४ मा सार्वजनिक सुनुवाइ हुँदै

लिखुपिके–४ मा सार्वजनिक सुनुवाइ हुँदै

सोलुखुम्बु-लिखुपिके गाउँपालिका वडा नम्बर ४ ले चालु आर्थिक वर्ष २०८२/०८३ का स्वीकृत वार्षिक योजना तथा कार्यक्रमबारे सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ।
वडाको कार्यालय, डुंडाबाट जारी सूचनाअनुसार वडा नम्बर ४ को कार्यक्षेत्रभित्र सञ्चालन भएका तथा प्रस्तावित विभिन्न योजनाहरूको स्थलगत अनुगमन तथा समीक्षा भइसकेको हुँदा ती योजनाहरूसम्बन्धी विवरण सार्वजनिक सुनुवाइमार्फत सरोकारवाला र सेवाग्राहीसमक्ष प्रस्तुत गरिने जनाइएको छ।
सार्वजनिक सुनुवाइमा राधाकृष्ण मन्दिर भित्ते बाल निर्माण, भस्मे रिनडाडा–रमिते गोरेटो बाटो निर्माण, खान्दिङ किटिखर्क मन्दिरसम्म गोरेटो बाटो निर्माण, शिवपार्वती मन्दिर शौचालय तथा खानेपानी निर्माण, लेलपु माझगाउँ–गोरेटो बाटो सिँढी निर्माणलगायत योजनाहरू समावेश रहेका छन्।
उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम मिति २०८२ साल माघ ९ गते, वडा नम्बर ४ को कार्यालय, डुंडा मा बिहान ११ बजे सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा उपभोक्ता समिति, स्थानीय बासिन्दा तथा सरोकारवाला सबैलाई उपस्थितिका लागि वडा कार्यालयले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित