लामाजुरा सहकारीको १०औँ साधारण सभा सम्पन्न

लामाजुरा सहकारीको १०औँ साधारण सभा सम्पन्न

सोलुखुम्बु — लिखुपिके गाउँपालिका वडा नम्बर ५ मा रहेको लामाजुरा गरिबी निवारण कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १०औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत रहनु भएको थियो। कार्यक्रममा लिखुपिके वडा नं. ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेत, वडा नं. ५ का वडा अध्यक्ष ङिमाछिरी लामा, सुरक्षाकर्मी, छिमेकी गाउँपालिका उमाकुण्ड गाउँपालिका वडा नं. २ मा अवस्थित समृद्धि सहकारी संस्थाका व्यवस्थापक दीपक कार्की लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
साधारण सभाकै अवसरमा सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले गर्नुभएको थियो। कार्यक्रममा संस्थाको प्रगती प्रतिवेदन व्यवस्थापक प्रभु बस्नेतले गर्नुभएको थियो ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक अवस्था तथा आगामी योजनामाथि छलफल गरिनुका साथै नियमित बचतकर्ता, उत्कृष्ट ऋणी तथा सक्रिय सदस्यहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रम संस्थाका उपाध्यक्ष नृपध्वज कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।


filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 128;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 36;

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित