लिखुपिके जेनजेड: वार्ता नभए आन्दोलन सुरु

सोलुखुम्बु-लिखु पिके गाउँपालिकामा देखिएका विभिन्न गलत गतिविधि तथा अनियमितताका विषयमा पटक–पटक छलफलको माग गर्दा पनि सुनुवाइ नभएको भन्दै Gen-Z लिखु पिके समूहले आन्दोलनको चेतावनी दिएको छ।
समूहका अनुसार मिति २०८२/०७/१५ मा बसेको प्रारम्भिक बैठकमा उठाइएका विषयहरूमा निर्णय सार्वजनिक गर्दै औपचारिक छलफलको माग गरिएको थियो। त्यसपछि मिति २०८२/०८/१२ र २०८२/०९/२० मा समेत गाउँपालिकासँग संवादका लागि अनुरोध गरिए पनि ठोस निष्कर्ष ननिस्किएको विज्ञप्तिमा उल्लेख छ।
गाउँपालिकाले मिति २०८२/१०/०४ मा छलफल कार्यक्रम गर्ने भनी जानकारी गराए पनि उक्त छलफलले समस्याको पूर्ण समाधान दिन नसकेको Gen-Z समूहको भनाइ छ। साथै मिति २०८२/०९/२८ मा पुनः छलफलका लागि माग गर्दा पनि आफूहरूले प्रस्ताव गरेको समयलाई बेवास्ता गरी एकतर्फी निर्णय गरिएकोप्रति समूहले आपत्ति जनाएको छ।
Gen-Z लिखु पिके समूहले बारम्बार संवादको प्रयास गर्दा पनि चासो नदेखाइएकाले बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको जनाएको छ। यदि समयमै मागहरू सम्बोधन नभएमा आगामी दिनहरूमा शान्तिपूर्ण आन्दोलनका कार्यक्रम घोषणा गरिने स्पष्ट चेतावनी दिइएको छ।

पत्रको अन्त्यमा Gen-Z लिखु पिकेले आन्दोलनका क्रममा कुनै अवाञ्छित गतिविधि गर्नुपर्ने अवस्था आए त्यसको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाको हुने स्पष्ट पारेको छ। छलफलका लागि पटक–पटक आग्रह गर्दा पनि गाउँपालिकाले बेवास्ता गरेको आरोप लगाउँदै, यदि तोकिएको समयभित्र संवादको वातावरण नबनेमा बाध्य भएर चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनीसमेत दिइएको छ। साथै, आन्दोलन शान्तिपूर्ण रहने भए पनि स्थानीय सरकारको असहयोगका कारण सिर्जना हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने उल्लेख गरिएको छ। उक्त प्रेस विज्ञप्तिमा ईश्वर श्रेष्ठ, संयोजक, Gen-Z लिखु पिकेको हस्ताक्षर रहेको छ।
विज्ञप्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार