लामिछानेले बुझाए २ करोड ७४ लाख जमानत

लामिछानेले बुझाए २ करोड ७४ लाख जमानत

काठमाडौं-सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले आफ्नो भागको बिगो बापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैङ्क जमानत अदालतमा बुझाएका छन् ।
थुनामुक्त हुन माग गर्दै तीन दिनअघि निवेदन दिएका उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ बमोजिम जमानतमा रिहाइको माग गरेका छन् ।

लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै सहकारी पीडितका लागि बिगो बापतको रकम तिर्न तयार रहेको बताएका छन् ।

उनको निवेदनमा अदालतले विपक्षीलाई जानकारी दिने आदेश गरेको छ, तर मङ्गलवार र बुधवार पेसी स्थगित भएको छ ।

यसअघि जिल्ला अदालत रुपन्देहीले माघ १३ मा लामिछानेलाई १ करोड धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २५ मा उक्त आदेश बदर गरी उनलाई थुनामा पठाएको थियो ।

सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश सदर गरेको छ । सुप्रिम सहकारी ठगीमा लामिछानेसहितका प्रतिवादीहरूमाथि १० करोड ९९ लाख बिगो कायम गरिएको छ । श्रोतः Oniline Khabar.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित