निवर्तमान शिक्षा शाखा संयोजक रेखराज बस्नेत सम्मानित

सोलुखुम्वु- लिखुपिके गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रेख राज बस्नेत अनिवार्य अवकाश हुनु भएको हुदाँ बाकि जिवन सुख शान्तमय बितोस भनि शुभकामना सहित उहाँले गाउँपालिकामा दिनु भएको अमुल्य योगदानको उच्च कदर गर्दै स-धन्यवाद सहित सम्मान-पत्र सहित दोसल्ला उडाई सम्मान गरिएको छ। आइतवार लिखुपिके गाउँपालिकाको चालु आर्थिक बर्षको बार्षिक स्विकृत कार्यक्रम अनुसार पालिका स्तरीय सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको अवसर पारी उहाँलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
रेखराज बस्नेतको शैक्षिक यात्रा गाउँकै विद्यालयबाट सुरु भएको हो। उहाँले कक्षा १ देखि ७ सम्म श्री हिमगंगा मा.वि. चौलाखर्कमा अध्ययन गर्नुभएको थियो भने कक्षा ८ देखि १० सम्म श्री पद्मोदय मा.वि. काठमाडौँ, प्रमाणपत्र तह श्री महेन्द्र रत्न क्याम्पस काठमाडौँ, स्नातक तह श्री ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु र स्नातकोत्तर तह श्री भक्तपुर बहुमुखी क्याम्पसबाट सम्पन्न गर्नुभएको हॊ।

शिक्षण पेशामा उहाँको योगदान झनै उल्लेखनीय छ। वि.सं. २०४४ सालदेखि २०७९ साल असोज ३ गतेसम्म शिक्षण क्षेत्रमा क्रियाशील रहँदै, बस्नेतले आफ्नो कर्मक्षेत्रका विद्यालयहरूमा उल्लेखनीय योगदान गर्नुभयो। विशेषतः श्री जनसेवा आधारभूत विद्यालयलाई नि.मा.वि. मा परिणत गर्न देखि हिमगंगा मा. वि. लाई कालो सूचीबाट हटाउने, भौतिक संरचना निर्माण, पुस्तकालय, विज्ञान प्रयोगशाला तथा कृषि प्राविधिक शिक्षालय स्थापना जस्ता महत्वपूर्ण कार्यहरूमा उहाँको अग्रणी भूमिका रह्यो। उहाँको नेतृत्वमा जनसेवा आधारभूत विद्यालयले जिल्ला प्रथम पुरस्कार (रु. २५,०००) समेत हासिल गरेको थियो।
शिक्षा प्रशासनको क्षेत्रमा पनि उहाँको भूमिका उस्तै प्रशंसनीय रह्यो। वि.सं. २०७९ साल असोज ४ गतेदेखि २०८२ साल जेठ १० गतेसम्म लिखुपीके गाउँपालिका शिक्षा शाखा संयोजकको रुपमा कार्य गर्दै उहाँले शिक्षामा नीतिगत सुधार, अनुगमन र विद्यालय सुदृढीकरणमा महत्त्वपूर्ण योगदान दिनुभयो। उहाँले शिक्षा क्षेत्रमा मात्र नभई विभिन्न खेलकुद तथा अन्य कार्यमा पनि उत्तिकै महत्वपूर्ण योगदान दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार