किवानिज क्लब हिमालयज काठमाडौंद्वारा रामेछापको उमाकुण्डमा शैक्षिक सामाग्री वितरण

किवानिज क्लब हिमालयज काठमाडौंद्वारा रामेछापको उमाकुण्डमा शैक्षिक सामाग्री वितरण

रामेछाप । किवानिज क्लब हिमालयज काठमाडौंले रामेछापको उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
सो वडाका सातवटा विद्यालयका विद्यार्थीलाई संस्थाले शैक्षिक सामाग्री वितरण गरेको हो । वडा कार्यालयको सहजिकरणमा संस्थाले विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेको जनाएको छ ।

संस्थाले विद्यार्थीलाई कपि, कलम, पेन्सिल लगायतका सामाग्री तथा शिक्षकलाई डायरी कलम प्रदान गरेको छ । शैक्षिक सामाग्री वडाध्यक्ष गुणकुमार थापा लगायतले वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित